गुराँस लघुवित्तले डाक्यो असोज २९ गते वार्षिक साधारणसभा

गुराँस लघुवित्तले डाक्यो असोज २९ गते वार्षिक साधारणसभा

बैंकको खबर । सञ्चालक समितिले प्रस्ताव गरेको लाभांश पारित गर्न गुराँस लघुवित्त वित्तीय संस्थाले असोज २९ गते मंगलबार वार्षिक साधारणसभा गर्ने भएको छ । लघुवित्तको सञ्चालक समितिको असोज ७ गते बसेको बैठकले सो दिन बिहान ९ बजे धनकुटाको होटल कान्जिरोवामा साधारणसभा डाकेको हो । 

साधारणसभाले सेयरधनीलाई वितरण गर्न सञ्चालक समितिले प्रस्ताव गरेको १४.२५ प्रतिशत बोनस सेयर र सोको कर प्रयोजनार्थ ०.७५ प्रतिशत नगद लाभांश पारित गर्नेछ । 

साधारणसभा प्रयोजनका लागि लघुत्तिले असोज १६ गते एक दिन सेयर दाखिल खारेज बन्द (बुक क्लोज) गर्ने भएको छ । असोज १५ गतेसम्म नेप्सेमा कारोबार भई कायम सेयरधनीहरुले साधारणसभामा सहभागी हुन सक्ने लघुवित्तले जनाएको छ । 

All banking information at your fingertips.


शेयर गर्नुहोस