जीवन विकास लघुवित्तको लाभांश घोषणा
२०८१ मंसिर ९ गते आइतबार ।
बैंकको खबर । जीवन विकास लघुवित्त वित्तीय संस्थाले आर्थिक वर्ष २०८०/८१को नाफाबाट आफ्ना सोयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ।
मंसिर ७ गते बसेको लघुवित्तको सञ्चालक समितिको बैठकले हाल कायम चुक्ता पूँजीको १४.७३६८ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । जसमध्ये १४ प्रतिशत बोनस सेयर र सोको कर प्रयोजनार्थ ०.७३६८ प्रतिशत नगद लाभांश छ।
सञ्चालक समितिले प्रस्ताव गरेको सो लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारणसभाले पारित गरेपछि सेयरधनीमा वितरण हुनेछ ।
All banking information at your fingertips.