सूर्यज्योति लाइफ इन्स्योरेन्सले नगद लाभांश वितरण गर्ने
२०८१ मंसिर १४ गते शुक्रबार ।
बीमा खबर । सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आर्थिक वर्ष २०८०र८१ को मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई वितरण गर्ने नगद लाभांश घोषणा गरेको छ।
मंसिर १४ गते बसेको इन्स्योरेन्सको सञ्चालक समितिको बैठकले हाल कायम चुक्ता पूँजीको २० प्रतिशतका दरले नगद लाभांश (कर प्रयोजनसहित) वितरण गर्ने निर्णय गरेको हो ।
सञ्चालक समितिले प्रस्ताव गरेको सो लाभांश नियामक नेपाल बीमा प्राधिकरणबाट स्वीकृत भई आगामी वार्षिक साधारणसभाले पारित गरेपछि सेयरधनीमा वितरण हुनेछ ।
All banking information at your fingertips.