अमेरिकी डलरको भाउ बढ्यो, अन्य विदेशी मुद्राको विनिमयदर कति ?

अमेरिकी डलरको भाउ बढ्यो, अन्य विदेशी मुद्राको विनिमयदर कति ?

२०८२ जेठ २ गते शुक्रबार । 

बैंकको खबर । नेपाली बजारमा आज (२०८२ जेठ २ गते) अमेरिकी डलर, र युरोपियन युरोको भाउ बढेको छ । राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिददर १३६ रुपैयाँ ५९ पैसा र बिक्रीदर १३७ रुपैयाँ १९ पैसा विनिमयदर निर्धारण भएको छ । हिजो अमेरिकी डलर एकको खरिददर १३६ रुपैयाँ १४ पैसा र बिक्रीदर १३६ रुपैयाँ ७४ पैसा थियो । 
 
यस्तै, आज युरोपियन युरो एकको खरिददर १५२ रुपैयाँ ९१ पैसा र बिक्रीदर १५३ रुपैयाँ ५८ पैसा तोकिएको छ । हिजो, युरो एकको खरिददर १५२ रुपैयाँ ७६ पैसा र बिक्रीदर १५३ रुपैयाँ ४३ पैसा थियो । 

बेलायती पाउन्ड स्ट्रर्लिङको भाउ भने आज घटेको छ । राष्ट्र बैंकले आजका लागि बेलायती पाउन्ड स्ट्रर्लिङ एकको खरिददर १८१ रुपैयाँ ४६ पैसा र बिक्रीदर १८२ रुपैयाँ २६ पैसा तोकेको छ । हिजो पाउन्ड एकको खरिददर १८१ रुपैयाँ ५१ पैसा र बिक्रीदर १८२ रुपैयाँ ३१ पैसा थियो । 

राष्ट्र बैंकले आजका लागि स्वीस फ्र्याङ्क एकको खरिददर १६२ रुपैयाँ ९३ पैसा र बिक्रीदर १६३ रुपैयाँ ६४ पैसा तोकेको छ । यस्तै, अष्ट्रेलियन डलर एकको खरिददर ८७ रुपैयाँ ५१ पैसा र बिक्रीदर ८७ रुपैयाँ ९० पैसा, क्यानेडियन डलर एकको खरिददर ९७ रुपैयाँ ६६ पैसा र बिक्रीदर ९८ रुपैयाँ ०९ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०५ रुपैयाँ १८ पैसा  र बिक्रीदर १०५ रुपैयाँ ६४ पैसा निर्धारण गरेको छ ।
 
केन्द्रीय बैंकले आजका लागि जापानी येन १० को खरिददर नौ रुपैयाँ ३६ पैसा र बिक्रीदर नौ रुपैयाँ ४० पैसा, चिनियाँ युआन एकको खरिददर १८ रुपैयाँ ९४ पैसा र बिक्रीदर १९ रुपैयाँ ०३ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३६ रुपैयाँ ४२ पैसा र बिक्रीदर ३६ रुपैयाँ ५८ पैसा, कतारी रियाल एकको खरिददर ३७ रुपैयाँ ४८ पैसा र बिक्रीदर ३७ रुपैयाँ ६४ पैसा तोकेको छ ।


शेयर गर्नुहोस