प्रतिनिधिसभामा विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामा उठेका प्रश्नको आज अर्थमन्त्रीले जवाफ दिने

प्रतिनिधिसभामा विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामा उठेका प्रश्नको आज अर्थमन्त्रीले जवाफ दिने

२०८२ जेठ २ गते शुक्रबार । 

बैंकको खबर । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आज प्रतिनिधिसभामा  ‘विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा (कर प्रस्तावबाहेक) माथि सांसदहरूले उठाएका प्रश्नहरुको जवाफ दिने भएका छन् । 

प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरुले विधेयकमाथि आफ्नो धारणा राख्ने क्रम सकिने र त्यसपछि अर्थमन्त्री पौडेलले जवाफ दिने सम्भावित कार्यसूची रहेको सङ्घीय संसद् सचिवालले जानकारी दिएको छ । 

गत वैशाख ३० गतेदेखि प्रतिनिधिसभामा गत वैशाख ३० गतेदेखि  ‘विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा (कर प्रस्तावबाहेक) माथि छलफल भइरहेको थियो ।


शेयर गर्नुहोस