जेठ १४ गतेदेखि आईपीओ निष्काशन गर्दै ट्रेड टावर

जेठ १४ गतेदेखि आईपीओ निष्काशन गर्दै ट्रेड टावर
२०८२ जेठ ५ गते सोमबार
बैंकको खबर । ट्रेड टावर लिमिटेडले जेठ १४ गतेदेखि सर्वसाधारणका लागि आइपीओ निष्काशन तथा बिक्री खुला गर्ने भएको छ । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँमा ३२ लाख ९६ हजार ५०५ कित्ता सेयर सर्वसाधारणमा निष्काशन गर्न लागेको हो ।
आइपीओमा सर्वसाधारणले जेठ १९ गतेसम्म आवेदन दिन सक्नेछन्। सो अवधिमा माग भएजति आवेदन नपरेमा आवेदन दिन पाउने अवधि जेठ २८ गतेसम्म लम्बिनेछ ।
सेयरमा लगानी गर्न इच्छुक सर्वसाधारणले कम्तिमा १० कित्तादेखि अधिकतम १ हजार कित्ताका लागि आवेदन दिन पाउनेछन् ।
कम्पनीले जारी पुँजी ८१ करोड ५६ लाख रुपैयाँको ४८.६९६ प्रतिशत अर्थात् ३९ लाख ७१ हजार ६९३ कित्ता सेयर सर्वसाधारणलाई जारी गर्न लागेको हो । यसमध्ये १० प्रतिशत अर्थात् ३ लाख ९७ हजार १६९ कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई छुट्याएको छ ।