नेपाल राष्ट्र बैंककको गभर्नरमा डा विश्वनाथ पौडेल नियुक्त

२०८२ जेठ ६ गते मंगलबारु ।
बैंकको खबर । नेपाल राष्ट्र बैंकको गभर्नरमा अर्थविद् डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । नेपाल सरकार मन्त्रिपरिषद्को मंगलबार बसेको बैठकले डा पौडेललाई गभर्नर नियुक्त गर्ने निर्णय गरेको हो ।
मन्त्रिपरिषद् बैठकले उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलको संयोजकत्वमा गठित तीन सदस्यीय सिफारिस समितिको सिफारिसका आधारमा उनलाई नियुक्ति गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरूङले सञ्चारकर्मीलाई जानकारी दिएका छन् ।
सिफारिस समितिले डा विश्वनाथ पौडेल, राष्ट्र बैङ्कका कायममुकायम गभर्नर निलम ढुङ्गाना र पूर्वसचिव डा दिनेश भट्टराईसहित तीन जनाको नाम सिफारिस गरेको थियो ।
डा पौडेल राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्षसमेत हुन् । यसअघि गभर्नर सिफारिस समिति सदस्य बनेका पौडेलले सो समितिबाट राजीनामा दिएका थिए ।