एभरेष्ट बैंकको १३२औँ शाखा सिन्धुलीमा विस्तार

एभरेष्ट बैंकको १३२औँ शाखा सिन्धुलीमा विस्तार

२०८२ जेठ ७ गते बुधबार ।

बैंकको खबर । एभरेष्ट बैंकले आफ्नो शाखाविस्तारको क्रममा यहि जेठ ५ गते सिन्धुली जिल्लाको कमलामाई नगरपालिका वडा नं ६ मा आफ्नो १३२औँ शाखा विस्तार गरेको छ । 

यो नयाँ शाखासँगै बागमती प्रदेशमा शाखा संख्या ४७ पुगेको बैंकले जनाएको छ । यस शाखाको विस्तारसँगै सिन्धुलीवासीले अत्याधुनिक, सरल र सहज बैंकिङ सुविधा लिनसक्ने विश्वास बैंकले गरेको छ ।

कमलामाई नगरपालिकाका मेयर उपेन्द्रकुमार पोखरेल र बैंकका सञ्चालक समिति अध्यक्ष डा. बालगोपाल वैद्यबाट यो शाखाको उद्घाटन संयुक्त रुपमा भएको हो । उद्घाटन समारोहमा कमलामाई नगरपालिका वडा नं ६ का वडाध्यक्ष उज्वलकुमार थापा, सिन्धुली उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष देवनारायण श्रेष्ठ, प्रहरी नायव उपरीक्षक सूर्यप्रकाश सुबेदी, बैंकका प्रमुखकार्यकारी अधिकृत सुदेश खालिङ तथा बैंकका कर्मचारीहरु र स्थानीयवासीको उपस्थिति थियो ।

उद्धघाटन समारोहमा कमलामाई नगरपालिकाका मेयर पोखरेलले बैंकको उपस्थिती सँगै बैंकले गुणस्तरीय सेवा, सुविधा र सन्तुलित लगानी गर्ने विश्वास प्रकट गरे । बैंकका सञ्चालक समिति अध्यक्ष डा. वैद्यले एभरेष्ट बैंकको शाखा कार्यालय सिन्धुलीमा सञ्चालनमा आएसँगै त्यस क्षेत्रका वासिन्दाहरुलाई सबल, सरल, उत्कृष्ट साथै अत्याधुनिक तथा गुणस्तरीय बैंकिङ सेवाप्रदान गराउने प्रतिवद्दता व्यक्त गरे । 

All banking information at your fingertips.


शेयर गर्नुहोस