ज्योति विकास बैंकका ग्राहकहरुले तिलगंगा सिटी आई सेन्टरमा छुट पाउने

ज्योति विकास बैंकका ग्राहकहरुले तिलगंगा सिटी आई सेन्टरमा छुट पाउने

२०८२ जेठ ३० गते शुक्रबार । 


बैंकको खबर । ज्योति विकास बैंकका ग्राहकहरुले तिलग)गा सिटी आई सेन्टरमा छुट पाउने भएका छन् । बैंकले यसम्बन्धी सम्झौता भएको जानकारी दिएको छ । 

सम्झौतापछि यस बैंकका ग्राहकहरूले उक्त आँखा केन्द्रमा १५ प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन्। यस केन्द्रमा ग्राहकहरुले आँखा जाँच र विशेष उपचार (जस्तै शल्यक्रिया र थेरापी) मा १० प्रतिशत तथा प्रिस्क्रिप्शन चश्मा मा १५ प्रतिशत छुट प्राप्त गर्न सक्नेछन्। 

तिलगङ्गा नेत्र प्रतिष्ठानको सह–संस्था तिलगंगा सिटी आई सेन्टरले अत्याधुनिक प्रविधि प्रयोग गरी आँखाका विरामीहरुलाई गुणस्तरीय तथा उत्कृष्ट सेवा प्रदान गर्दै आएको छ।

ज्योति विकास बैंकले ग्राहकहरूको सुविधालाई प्राथमिकतामा राख्दै, देशका अन्य विभिन्न व्यवसायहरूसँग निरन्तर सहकार्य गर्दै, ग्राहकहरूलाई विशेष छुट र सुविधा प्रदान गर्दै आइरहेको छ। 

ज्योति विकास बैंकले हाल १२१ वटा शाखा कार्यालय, ३ वटा विस्तारित काउन्टर तथा ७५ वटा एटीएम मार्फत सेवा उपलब्ध गराउँदै आइरहेको छ ।


शेयर गर्नुहोस