राष्ट्रिय बीमा कम्पनीले डाक्यो तेस्रो वार्षिक साधारणसभा

राष्ट्रिय बीमा कम्पनीले डाक्यो तेस्रो वार्षिक साधारणसभा

२०८२ असार ६ गते शुक्रबार । 

बीमा खबर । राष्ट्रिय बीमा कम्पनीले असार २९ गते तेस्रो वार्षिक साधारणसभा बोलाएको छ । कम्पनीको सञ्चालक समितिको असार ५ गते बसेको बैठकले आर्थिक वर्ष २०७५/७६ र आर्थिक वर्ष २०७६/७७को वित्तीय विवरण स्वीकृत गर्ने प्रयोजनका लागि असार २९ गते बिहान ११ बजे काठमाडौंको शंखमुलस्थित अनमोल क्याटरिङ सर्भिस प्रालिमा वार्षिक साधारणसभा बोलाएको हो । 

साधारणसभाले कम्पनीको आर्थिक वर्ष २०७५/७६ र आर्थिक वर्ष २०७६/७७ को लेखापरीक्षकको प्रतिवेदन सहितको असार मसान्तको वासलात, सोही मितिमा समाप्त नाफा/नोक्सान हिसाब तथा नगद प्रवाह विवरण र सोही अवधिको वित्तीय विवरणसँग सम्बन्धित अनुसूचीहरू माथि छलफल गरी पारित गर्नेछ ।

साधारणसभा प्रयोजनको लागि कम्पनीले असार २३ गते गते देखि २९ गतेसम्म सेयर दर्ता किताब बन्द (बुक क्लोज) गर्ने भएको छ । जसअनुसार असार २२ गतेसम्म नेप्सेमा कारोबार भई कायम सेयरधनीहरुले साधारणसभामा सहभागिता जनाउन पाउनेछन् । 


शेयर गर्नुहोस