एशियन लाइफ इन्स्योरेन्सले असार २५ गतेदेखि हकप्रद सेयर निष्काशन गर्ने

एशियन लाइफ इन्स्योरेन्सले असार २५ गतेदेखि हकप्रद सेयर निष्काशन गर्ने

२०८२ असार ८ गते आइतबार । 

बीमा खबर । एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले असार २५ गतेदेखि हकप्रद सेयर बिक्री गर्ने भएको छ । 

इन्स्योरेन्सले सेयरधनीलाई १० कित्ता बराबर ४.२० कित्ता अनुपातमा हकप्रद सेयर बिक्री गर्न लागेको हो ।

इन्स्योरेन्सले हाल कायम चुक्ता पूँजीको ४२ प्रतिशत हकप्रद सेयर निष्काशन गर्न लागेको हो। इन्स्योरेन्सले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यको १ करोड ४२ लाख ७९ हजार ३१२.४८ कित्ता सेयर बिक्री गर्न लागेको हो । 

हकप्रद सेयर निष्काशन प्रयोजनका लागि इन्स्योरेन्सले जेठ १६ गते बुकक्लोज गरेको थियो। त्यसैले जेठ १४ गतेसम्म नेप्सेमा कारोबार भइ कायम सेयरधनीले हकप्रद किन्न सक्नेछन् । 

इन्स्योरेन्सले असार २५ गतेदेखि साउन १३ गतेसम्म आवेदन दिन मिल्नेगरी हकप्रद बिक्री निष्काशन गर्न लागेको हो । 

इन्स्योरेन्सको सेयर निष्काशन तथा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ। 

हाल इन्स्योरेन्सको चुक्ता पूँजी ३ अर्ब ३९ करोड ९८ लाख ३६ हजार ३०७ रुपैयाँ छ। हकप्रद निष्काशन तथा बाँडफाँटपछि इन्स्योरेन्सको चुक्ता पूँजी ४ अर्ब ८२ करोड ७७ लाख ६७ हजार ५५५ रुपैयाँ पुग्नेछ।


शेयर गर्नुहोस