सुनचाँदीको मूल्य बढ्यो

सुनचाँदीको मूल्य बढ्यो

काठमाडौं । नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुनको मूल्य तोलाको ५ सय रुपैयाँले बढेर तोलाको एक लाख ९५ हजार दुई  सयमा कारोबार भइरहेको छ । 

यसअघि शुक्रबार सुन तोलाको एक लाख ९४ हजार सात सय रुपैयाँ कारोबार भएको थियो ।

यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । महासङ्घका अनुसार आज चाँदी तोलामा १० रुपैयाँले बढेर तोलाको २१६० रुपैयाँमा कारोबार भइरहेको छ ।


शेयर गर्नुहोस