बैंकिङ प्रणालीमा तरलता थुप्रिएपछि ६० अर्ब तान्दै राष्ट्र बैंक

२०८२ असार ८ गते आइतबार ।
बैंकको खबर । नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीमा अधिक भएको तरलता व्यवस्थापन गर्न आज (आइतबार) ६० अर्ब रुपैयाँ तान्ने भएको छ । केन्द्रीय बैंकले निक्षेप संकलन बोलकबोलमार्फत सो रकम तान्न लागेको सूचना निकालेको छ ।
४२ दिन अवधिका लागि तान्न लागेको सो निक्षेपको साँवा ब्याज भुक्तानी साउन १८ गते हुने केन्द्रीय बैंकले जनाएको छ ।
निक्षेप दिन चाहने बैंक तथा वित्तीय संस्थाले घटीमा १० करोड रुपैयाँ र बढीमा ५ करोडले भाग गर्दा निःशेष भाग जाने गरी कुल आव्हान रकमसम्म बोलकबोल गर्न सक्नेछन् ।
निक्षेप संकलनको बोलकबोल ब्याजदरमा गर्नुपर्नेछ । बहुब्याजदरमा पनि बहुबोलकबोल गर्न सकिने राष्ट्र बैंकले जनाएको छ ।