सुनमा लगानीको नयाँ बाटो: 'नबिल ढुक्क सुन खरिद कर्जा'

बैंकको खबर ।
नेपालजस्तो सामाजिक, सांस्कृतिक तथा धार्मिक विविधता भएको मुलुकमा सुनको महत्व केवल गहना वा विलासितासँग मात्र सीमित छैन । यो आर्थिक सुरक्षाको महत्वपूर्ण साधनसमेत हो । विगत केही वर्षयता नेपालमा पनि सुनमा लगानी गर्ने प्रवृत्ति तीव्र रूपमा बढिरहेको छ । खासगरी, बढ्दो आर्थिक अनिश्चितता, मुद्रास्फीति र मुद्रा अवमूल्यनका कारण मानिसहरुले सुनमा लगानी बढाउन चाहेको देखिन्छ । किनभने सुनमा गरिने लगानीलाई संसारभरका लगानीकर्ताले सुरक्षित मान्दछन् । यही आवश्यकता र व्यवहारलाई मध्यनजर गर्दै अहिले नेपालका बैंक तथा वित्तीय संस्थाहरूले पनि सुनमा सजिलै कर्जा उपलब्ध गराउँदै आएका छन् ।
सुन खरिद कर्जा भन्नाले ग्राहकलाई बैंकबाट ऋण लिएर किस्ताबन्दीमा सुन खरिद गर्न सकिने व्यवस्था हो । यो कर्जा प्रणाली अन्तर्गत, ग्राहकले ठूलो रकम एकैपटक नतिरी, निश्चित अवधिमा मासिक किस्तामा ऋण भुक्तानी गरेर सुन खरिद गर्न सक्छन् ।
नेपालको अग्रणी वाणिज्य बैंक नबिल बैंक लिमिटेडले पनि आफ्ना ग्राहकहरूको दीर्घकालीन वित्तीय सुरक्षालाई प्राथमिकता दिँदै एउटा नयाँ र नविन किसिमको ‘नबिल ढुक्क सुन खरिद कर्जा’ योजना सार्वजनिक गरेको छ । नबिल बैंकले नेपाली ग्राहकहरूको वर्तमान आवश्यकता र भविष्य लक्षित लगानी सोचलाई ध्यानमा राखेर यो योजना ल्याएको हो । जसले बैंकबाट मासिक किस्ता बुझाउनेगरी सुन खरिद गर्न सहयोग पुर्याउनेछ ।
‘सुनमा सुरक्षित लगानी, भविष्यमा सुनिश्चित लाभ’ भन्ने मुल नारासहित बैंकले आफ्ना ग्राहकलाई सहज कर्जा लिएर सुन खरिद गर्न प्रेरित गरेको छ । बैंकले अत्याधिक प्रतिस्पर्धी दरमा यो योजना प्रस्ताव गरेको छ । बैंकले यो सुविधा लिनका लागि सरल प्रक्रियाको व्यवस्था गरेको छ भने न्यूनतम कागजी कार्य भने पुरा गर्नुपर्दछ । आर्थिक अनिश्चितता र मूल्यवृद्धिको समयमा सुनमा लगानी सुरक्षित विकल्प बन्ने विश्वासका साथ यो योजना बैंकले ल्याएको देखिन्छ ।
विशेषता र फाइदा
१. किस्ताबन्दीमा सुन खरिद
ग्राहकहरूले सम्पूर्ण रकम एकैपटक नतिरी मासिक किस्ताबन्दीमा सुन खरिद गर्न सक्नेछन् । विशेष गरी मध्यम आय भएका वर्गलाई ध्यानमा राखेर बैंकले यो योजना सार्वजनिक गरेको हो ।
२. आकर्षक ब्याजदर
बजार प्रतिस्पर्धालाई ध्यानमा राख्दै नबिल बैंकले अत्यन्त प्रतिस्पर्धात्मक र ग्राहकमैत्री ब्याजदर प्रदान गरेको छ ।
३. निःशुल्क बीमा सुविधा
सुनमा लगानी गर्दा लगानीकर्ताले मूल्यमा गिरावट हुँदा हुनसक्ने आर्थिक क्षतिको पनि ख्याल गर्नुपर्छ । त्यसैले बैंकले यो योजनामा मार्फत खरिद गरिएको सुनमा बीमा सुविधा निःशुल्क प्रदान गरेको छ ।
कसरी आवेदन गर्ने ?
ग्राहकहरूले नजिकको नबिल बैंक शाखा मा पुगेर, वा बैंकमा सम्पर्क गरेर यस योजनाको बारे जानकारी लिन सक्नेछन् ।
आवश्यक कागजातहरू
सामान्यतया यस योजनामा सहभागि भई सुन खरिद गर्न नागरिकता प्रमाणपत्रको प्रतिलिपि, स्थायी ठेगानाको प्रमाण, आम्दानी स्रोतको विवरण र ऋण तिर्न सक्ने क्षमता पुष्टि गर्ने कागजातहरु पेस गर्नुपर्दछ ।
निष्कर्ष
सुन खरिद कर्जा एउटा समयसापेक्ष र व्यवहारिक आर्थिक योजना हो, जसले सबै वर्गका मानिसलाई आफ्नो आवश्यकता अनुसार सुरक्षित र सजिलो तरिकाले सुन खरिद गर्न सहयोग पु¥याउँछ । विशेषतः आजको प्रतिस्पर्धात्मक आर्थिक परिवेशमा, सुनमा लगानी गर्नु भविष्यप्रति सुरक्षित सोच हो भने, यसलाई मासिक किस्तामा सम्भव बनाउनु अझै व्यवहारिक उपाय हो । यदि तपाईं सुन खरिद गर्ने सोचमा हुनुहुन्छ भने अब ठूलो रकमको पर्खाइ नगरी नबिल बैंकको सहयोगमा यो सपना सजिलै पुरा गर्न सक्नुहुन्छ ।