पूँजी बजारमा एनआरएनको लगानी खुला गरिने

पूँजी बजारमा एनआरएनको लगानी खुला गरिने

अर्थतन्त्र । सरकारले पूँजी बजारमा गैर आवासीय नेपालीहरु(एनआरएन)लाई लगानी खुला गर्ने घोषणा गरेको छ । शुक्रबार संघीय संसदको संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८०/८१ का लागि सार्वजनिक गरेको नीति तथा कार्यक्रममा पूँजी बजारको विकासका लागि गैरआवासीय नेपालीको लगानी खुला गरिने विषय समावेस गरेको छ । 

नीति तथा कार्यक्रममा भनिएको छ ‘पूँजी बजारको विकास र विस्तारको लागि संरचनागत सुधार गरिनेछ । पूँजी बजारमा गैरआवासीय नेपालीहरुलाई लगानी खुला गरिनेछ । वैदेशिक रोजगारीमा जाने युवाहरुलाई सरकारी ऋणपत्रका साथै निजी क्षेत्रका आयोजनाको प्राथमिक शेयरमा लगानी गर्न प्रेरित गरिनेछ । गैरआवासीय नेपालीको ज्ञान, सीप, पूँजी, प्रविधि, सञ्जाल र पहुँचलाई मुलुकको विकास र समृद्धिसँग जोड्न विशेष कार्यक्रम सञ्चालन गरिनेछ ।’ 

यस्तै देशभर बीमाको पहुँच विस्तार गर्ने र न्यून आय भएका वर्ग र समुदायलाई स्थानीय तहमार्फत लघुबीमा गराउन सहजीकरण गर्ने उल्लेख गरेको छ । 
 


शेयर गर्नुहोस