नियमविपरित काम गर्ने विकास बैंक र फाइनान्स कम्पनीलाई कारबाही

नियमविपरित काम गर्ने विकास बैंक र फाइनान्स कम्पनीलाई कारबाही

बैंक खबर । नेपाल राष्ट्र बैंकले नियमविपरीत काम गर्ने चार वटा विकास बैंक र एउटा फाइनान्स कम्पनीलाई कारबाही गरेको छ । कर्जा निक्षेप अनुपात नपुर्याएको पाइएपछि राष्ट्र बैंकले कर्पाेरेट डेभलपमेन्ट बैंक, सालपा विकास बैंक, नारायणी डेभलपमेन्ट बैंक र सप्तकोशी डेभलपमेन्ट बैंक नगद कारबाही गरेको हो । 

नारायणी डेभलपमेन्ट बैंक कर्जा निक्षेप अनुपात नपुर्याएको मात्रै नभई अनिवार्य नगद अनुपात (सीआरआर) समेत नपुर्याएपछि राष्ट्र बैंकले प्रथम, दोस्रो र तेस्रो त्रैमासमा नगद जरिवाना गरेको छ । 

मल्टीपर्पस फाइनान्स पनि अनिवार्य नगद अनुपात नपुर्याएपछि कारबाहीमा परेको छ । 
 

All financial information at your fingertips.


शेयर गर्नुहोस