मनाङमा ४९.९५ मेगावाटको दानाखोला जलविद्युत आयोजना निर्माण गरिँदै

मनाङमा ४९.९५  मेगावाटको दानाखोला जलविद्युत आयोजना निर्माण गरिँदै

अर्थतन्त्र । मनाङको नासो गाउँपालिकामा रहेको दाना खोलामा ४९.९५ मेगावाटको जलविद्युत आयोजना बन्ने भएको छ । लालुपाते हाइड्रोपावर कम्पनी लिमिटेडले नदी प्रवाहमा आधारित जलविद्युत आयोजना निर्माण गर्ने भएको हो । 

विद्युत विकास विभागले सूचना जारी गरेर आयोजना कार्यान्वयन गर्दा कुनै प्रतिकूल असर पर्ने भए ३५ दिनभित्र लिखित रायसुझाव पेस गर्न भनेको छ । आयोजनाको सम्भाव्यता अध्ययन र प्रारम्भिक वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदन अन्तिम चरणमा पुगेपछि विभागले यस्तो सूचना निकालेको हो । 

खोलामा बनाइने बाँधको कुल लम्बाई १६.११ मिटर र उचाई ५ मिटर हुनेछ । त्यस्तै ३ हजार २३९ मिटरको सुरुङमार्ग निर्माण हुनेछ भने विद्युतगृह भूमिगत हुनेछ । 

आयोजनाबाट २०८३ साउन १ गतेबाट व्यवसायिक उत्पादन थाल्ने लक्ष्य कम्पनीको छ । 

All banking information at your fingertips


शेयर गर्नुहोस