चन्द्रपुर शाखाका ग्राहकको पैसा हराउनुमा आफ्नो गल्ती नभएको माछापुच्छ्रे बैंकको दाबी

चन्द्रपुर शाखाका ग्राहकको पैसा हराउनुमा आफ्नो गल्ती नभएको माछापुच्छ्रे बैंकको दाबी

बैंक खबर । माछापुच्छ्रे बैंकले रौतहत जिल्लाको चन्द्रपुर शाखाका ग्राहकको पैसा हराउनुमा बैंकको कुनै गल्ती नभएको बताएको छ । बैंकले जारी गरेको प्रेस विज्ञप्तिमा ग्राहकको खाताबाट रकम हराएको सम्बन्धमा विभिन्न सञ्चारमाध्यमहरुमा आएका पछिल्ला समाचारप्रति बैंकको गम्भीर ध्यानाकर्षण भएको उल्लेख छ । 

बैंकले ग्राहकको गुनासो प्राप्त भएपछि अनुसन्धान गर्दा सम्पूर्ण रकम ग्राहकको मोबाइल बैंकिङ प्रयोग गरी अन्य बैंकका विभिन्न खाताहरु तथा खल्ती वालेटमा ट्रान्सफर गरिएको देखिएको जनाएको छ । तर बैंकको सिस्टममा कुनै समस्या नदेखिएको र बैंकबाट पठाइएका सम्पूर्ण एसएमएस एक्टिभेसन कोड तथा ओटीपी ग्राहक कै मोबाइलमा गएको देखिएको स्पष्ट पारेको छ । बैंकले पठाएका ति कोड अनाधिकृत व्यक्तिलाई जानकार नगराई वा ग्राहकको मोबाइलमा अनाधिकृत पहुँच नपुर्याई उक्त कारोबार हुननसक्ने दाबी गरेको छ । 

बैंकले यससम्बन्धमा थप अनुसन्धान गरी आवश्यक कारवाहीका लागि प्रहरीमा अनुरोध गरिसकेको जनाएको छ । 

All financial information at your fingeritps.


शेयर गर्नुहोस