कामना सेवा विकास बैंकको संस्थापक शेयर सर्वसाधारणमा बिक्री गरिँदै

कामना सेवा विकास बैंकको संस्थापक शेयर सर्वसाधारणमा बिक्री गरिँदै

बैंक खबर । कामना सेवा विकास बैंक लिमिटेडले २ लाख ४४ हजार ९ सय ५४ कित्ता संस्थापक शेयर सर्वसाधारणमा बिक्री गर्ने भएको छ ।

बैंकले विद्यमान संस्थापक शेयरधनीहरूमा बिक्री वितरण हुुन नसकेपछि अन्य व्यक्ति तथा संस्थाहरूले खरीद गर्न पाउने गरी लिलाम बढाबढमा शेयर बिक्री गर्न लागेको हो । 

बैंकले जेठ १० गते एक सूचना जारी गरेर शेयर खरीद गर्न इच्छुक विद्यमान संस्थापक शेयरधनी र अन्य व्यक्ति तथा संस्थाहरूलाई ३५ दिनभित्र आवेदन पेश गर्न भनेको छ । 
 

All financial information at your fingertips. 


शेयर गर्नुहोस