सामुदायिक र बिपिडब्लु लघुवित्तलाई मर्जरका लागि धितोपत्र बोर्डको स्वीकृति

सामुदायिक र बिपिडब्लु लघुवित्तलाई मर्जरका लागि धितोपत्र बोर्डको स्वीकृति

बैंक खबर । सामुदायिक लघुवित्त वित्तीय संस्था र बिपिडब्लु लघुवित्त वित्तीय संस्थाले मर्जरमा जानका लागि नेपाल धितोपत्र बोर्डबाट पूर्वस्वीकृति पाएका छन् । 

दुवै लघुवित्तले जेठ ३ गते मर्जरका लगि बोर्डमा संयुक्त निवेदन पेश गरेका थिए । सोही निवेदनको आधारमा बोर्डले पूर्वस्वीकृति प्रदान गरेको हो ।

नेपाल राष्ट्र बैंकले दुबै लघुवित्तलाई जेठ ३ गते नै मर्जरमा जान सैद्धान्तिक सहमति प्रदान गरिसकेको छ ।

काभ्रेको बनेपा–१४ केन्द्रिय कार्यालय भएको सामुदायिक र बिपिडब्लु लघुवित्त संस्थाबीच बैंक तथा वित्तीय संस्था एक आपसमा गाभ्ने/गाभिने तथा प्राप्ति सम्बन्धी नियमावली अनुसार फागुन २९ गते एक आपसमा गाभ्ने÷गाभिने सहमति भएको थियो ।

All financial information at your fingertips.


शेयर गर्नुहोस