शेयर कारोबार रोक्का राख्न नेप्सेलाई आदर्श लघुवित्तको अनुरोध

शेयर कारोबार रोक्का राख्न नेप्सेलाई आदर्श लघुवित्तको अनुरोध

बैंक खबर । डिप्रोक्स लघुवित्त वित्तीय संस्थाले आदर्श लघुवित्त वित्तीय संस्थालाई प्राप्ति गरी असार १ गतेदेखि एकीकृत कारोबार सुरु गर्दैछ । यहीकारण आदर्श लघुवित्तले शेयर कारोबार रोक्का राख्न नेपाल स्टक एक्सचेन्जलाई आग्रह गरेको छ । 

लघुवित्तको सञ्चालक समितिको २०८० जेठ २८ गते सम्पन्न ७९ औं बैठकले शेयर कारोबार रोक्का गर्ने निर्णय गरेको थियो । लघुवित्तले धितोपत्र दर्ता गराएका संगठित संस्था एक आपसमा गाभ्ने÷गाभिने तथा प्राप्ति सम्बन्धी निर्देशिका २०७९ अनुसार कम्पनीको शेयर मिलान, धितोपत्र पुनः दर्ता, धितोपत्र अभौतिकिकरण तथा सूचीकरण प्रयोजनको लागि असार १ गते देखि १५ कार्यदिनसम्म शेयर कारोबार रोक्का गर्न अनुरोध गरेको हो ।

सोही प्रयोजनको लागि नेप्सेले शेयर कारोबार रोक्का गरेको पत्र समेत उपलब्ध गराउन पनि नेप्सेलाई आग्रह गरेको छ । 
 

All financial information at your fingertips.


शेयर गर्नुहोस