धौलागिरी र खप्तड लघुवित्तलाई मर्जरमा जान राष्ट्र बैंकको स्वीकृति

धौलागिरी र खप्तड लघुवित्तलाई मर्जरमा जान राष्ट्र बैंकको स्वीकृति

बैंक खबर । नेपाल राष्ट्र बैंकले धौलागिरी लघुवित्त वित्तीय संस्था र खप्तड लघुवित्त वित्तीय संस्थालाई मर्जरमा जान अन्तिम स्वीकृति दिएको छ । 

बैक तथा वित्तीय संस्था ऐन सम्बन्धी व्यवस्था अनुसार राष्ट्र बैंकले धौलागिरी लघुवित्त वित्तीय संस्थाको नामबाट कारोबार सञ्चालन गर्न अन्तिम स्वीकृति प्रदान गरेको हो ।

दुवै लघुवित्तले आप–आफ्नो साधारणसभाबाट मर्जरमा जाने निर्णय गरिसकेका छन् । धौलागिरी र खप्तड लघुवित्तको शेयर स्वाप अनुपात १ः०.७५ हुनेगरी शेयर पुँजी मिलाउने सहमति भएको छ । 

मर्जर पछि कायम हुने लघुवित्तको केन्द्रीय कार्यालय बाग्लुङ नगरपालिका वडा नं. २, बाग्लुङमा रहनेछ ।
 

All financial information at your fingertips.


शेयर गर्नुहोस