१५ प्रतिशत लाभांश पारित गर्न सामुदायिक लघुवित्तले डाक्यो साधारणसभा

१५ प्रतिशत लाभांश पारित गर्न सामुदायिक लघुवित्तले डाक्यो साधारणसभा

बैंक खबर । सामुदायिक लघुवित्त वित्तीय संस्थाले असार २२ गते साधारणसभा आह्वान गरेको छ । काभ्रेपलाञ्चोक जिल्लाको बनेपामा केन्द्रीय कार्यालय रहेको लघुवित्तको सञ्चालक समितिको जेठ ३१ गते बसेको बैठकले असार २२ गते धुलिखेल जल रिसोर्टमा बिहान ११ बजेका लागि साधारणसभा डाकेको हो । 

साधारणसभाले चुक्ता पुँजीको १० प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । यस्तै कर प्रयोजनसहित चुक्ता पुँजीको ५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पनि पारित गर्नेछ । 

प्रस्तावित लाभांश साधारणसभाबाट अनुमोदन भएपछि सेयरधनीहरुमा वितरण हुने

छ । साधारणसभा र लाभांश प्रयोजनका लागि लघुवित्तले असार १४ गते बुकक्लोज गर्दैछ । त्यसैले, सो दिनभन्दा अघिल्लो कारोबार दिनसम्म शेयर कारोबार भई कायम शेयरधनीले साधारणसभामा सहभागी हुन र लाभांश प्राप्त गर्न सक्नेछन् । 
 

All financial information at your fingertips.


शेयर गर्नुहोस