अभियान लघुवित्तको साधारणसभा असार २८ गते आह्वान

अभियान लघुवित्तको साधारणसभा असार २८ गते आह्वान

बैंक खबर । अभियान लघुवित्त वित्तीय संस्था लिमिटेडले असार २८ गते वार्षिक साधारणसभा डाकेको छ । लघुवित्तको सञ्चालक समितिको असार ६ गते बसेको ८४ औँ बैठकले सो दिन काभ्रेपलाञ्चोकको पनौती स्थित ताम्राकार पार्टी भेन्युमा बिहान ११ बजेका लागि तेस्रो वार्षिक साधारणसभा डाकेको हो । 

वार्षिक साधारणसभालाई ध्यानमा राखी असार १७ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ । यस अनुसार असार १६ गतेसम्म दोस्रो बजारमा सेयर कारोबार भई कायम सेयरधनी साधारणसभामा सहभागि हुन सक्नेछन् । 
 

All financial information at your fingertips.


शेयर गर्नुहोस