एप्पल बन्यो ३० खर्ब डलर बजार पुँजीकरण हुने विश्वकै पहिलो कम्पनी 

एप्पल बन्यो ३० खर्ब डलर बजार पुँजीकरण हुने विश्वकै पहिलो कम्पनी 

बैंक खबर । आइफोन निर्माता कम्पनी एप्पल इंकको बजार पुँजीकरण ३० खर्ब अमेरिकी डलर नाघेको छ । शुक्रबार एप्पलको सेयरमूल्य एकैदिन २.३१ प्रतिशतले बढेर १९३.९७ डलर पु्रग्दा बजार पुँजीकरणले नयाँ कीर्तिमानी कायम गरेको हो । एप्पलको शेयरमूल्य पनि अल टाइम क्लोजिङ हाई छ । सन् २०२३को सुरुदेखि अहिलेसम्म एप्पलको शेयरमूल्य ५५ प्रतिशतले बढेको छ । यही कारण एप्पलको बजारमूल्य ३.०५ ट्रिलियन (३० खर्ब) डलर पुगेको हो । 

एप्पल गत आर्थिक वर्षमा ३९४ अर्ब डलर बिक्रीबाट १०० अर्ब डलर नाफा कमाएको थियो । जुन सबैभन्दा धेरै नाफा कमाउने विश्वका कम्पनीहरु मध्ये दोस्रो स्थानमा पर्छ । धेरै नाफा कमाउनेमा पहिलो नम्बरमा तेल उत्पादक तथा बिक्रेता साउदी आराम्को छ । 

एप्पलको आम्दानीको ठूलो हिस्सा आइफोनमा निर्भर छ । तर गत महिना भिजन प्रो हेडसेटको घोषणा भएपछि भर्चुअल रियालिटइमा आकर्षण बढ्दा शेयर कारोबारमा लगानीकर्ताको उत्साह बढेको विश्लेषण छ । 

एप्पलपछि धेरै बजार पुँजीकरण हुने कम्पनी माइक्रोसफ्ट छ । माइक्रोसफेटको बजार पुँजीकरण २५ खर्ब अमेरिकी डलर रहेको छ । साउदीको तेल उत्पादक तथा बिक्रेता कम्पनी आराम्मकोको बजार पुँजीकरण २० खर्ब ८० अर्ब अमेरिकी डलर छ । 
 

All financial inforamtion at your fingertips.


शेयर गर्नुहोस