अर्थतन्त्र सहज बनाउने मौद्रिक नीति ल्याउन परिसंघको आग्रह

अर्थतन्त्र सहज बनाउने मौद्रिक नीति ल्याउन परिसंघको आग्रह

बैंक खबर । नेपाल उद्योग परिसंघका नवनिर्वाचित पदाधिकारीले राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई भेटेर अर्थतन्त्रका समस्या समाधन गर्नेगरी मौद्रिक नीति ल्याउन सुझाव दिएका छन् । परिसंघका नवनिर्वाचित अध्यक्ष राजेशकुमार अग्रवाल नेतृत्वको परिसंघ टोलीले गभर्नर अधिकारीलाई बजारमा मागमा कमी आउँदा निजी क्षेत्रको मनोबल घटेको बताए । 

तरलता अभाव भएको बेला लगानी विस्तार गर्ने योजना स्थगित गरेका उद्योगीहरुले चर्को ब्याजदरका कारण अहिले तरलता सहज भएपनि लगानी बढाउन नसकेको बताए । 

सरकारले आगामी आर्थिक वर्षका लागि ६ प्रतिशत आर्थिक वृद्धिको लक्ष्य हासिल गर्न, निजी क्षेत्रको मनोबल बढान र अर्थतन्त्रलाई चलायमान बनाउन खुकुलो मौद्रिक नीति आउने विश्वास आफूहरुको रहेको बताए । लक्षित आर्थिक वृद्धि हासिल गर्न निजी क्षेत्रको कर्जा अम्तिमा १२ प्रतिशतले वृद्धि गर्नुपर्ने र कर्जा विस्तार उत्पादनमुलक क्षेत्रमा जोड दिनुपर्ने बताए । अग्रवालले स्वदेशी उत्पादनलाई प्रतिस्पर्धी बनाउन उत्पादनमुलक क्षेत्रमा जाने कर्जाको ब्याजदर कम हुनुपर्ने आवश्यकता औंल्याए । 

गभर्नर अधिकारीले परिसंघको नवनिर्वाचित कार्यसमितिलाई बधाई तथा सफल कार्यकालको शुभकामना दिँदै अध्ययन गरेर नीतिगत सुझाव दिँदै आएको परिसंघबाट आगामी दिनमा पनि सोही अपेक्षा गरिेको बताए । गभर्नर अधिकारीले मूल्यवृद्धि र बाह्य क्षेत्रमा पर्नसक्ने दबाबतर्फ सजक भइरहनुपर्ने उल्लेख गरे । 

भेटमा परिसंघका उपाध्यक्षहरु वीरेन्द्रराज पाण्डे, अमित मोर, पदाधिकारी समितिका स्थायी आमन्त्रित सदस्य छाया शर्मा, राष्ट्रिय परिषद् सदस्यहरू अनलराज भट्टराई, प्राशी अग्रवाल सहभागी थिए।


 

All financial information at your fingertips.


शेयर गर्नुहोस