इङवा हाइड्रोपावर र पीसीएसबीच शेयर व्यवस्थापन प्रणाली लागू गर्ने सम्झौता

इङवा हाइड्रोपावर र पीसीएसबीच शेयर व्यवस्थापन प्रणाली लागू गर्ने सम्झौता

बैंक खबर । इङवा हाइड्रोपावर लिमिटेड र प्रोफेसनल कम्युटर सिस्टम प्रा.लि. (पीसीएस)बीच शेयर व्यवस्थापन प्रणाली कार्यान्वयन गर्नेसम्बन्धमा सम्झौता भएको छ । सम्झौतापत्रमा हाइडोपावरका प्रमुख कार्यकारी सञ्चालक सतिस न्यौपाने, शेयर विभाग प्रमुख सुजन अधिकारी र पीसीएसका प्रमुख कार्यकारी अधिकृत मोहम्मद इल्ताफ हुसैन अन्सारी तथा प्रमुख बजार व्यवस्थापक किर्तनराज दाहालले हस्ताक्षर गरेका छन् ।

सम्झौताअनुसार पीसीएसले उपलब्ध गराउने प्रणालीबाट हाइड्रोपावरको शेयर व्यवस्थापन हुनेछ । यो प्रणाली लागू भएपछि हाइड्रोपावरले वितरण गर्ने लाभांशको हिसाब गर्न, बाँडफाँट गर्न सहज हुने बताइएको छ । 

सम्झौतापत्रमा हस्ताक्षर कार्यक्रममा हाइड्रोपावरका सञ्चालक सन्जिव न्यौपाने, लेखा अधिकृत तथा कम्पनी सचिव गोकुल पाण्डे, प्राविधक शाखा प्रमुख आशीष फुयाँल र पीसीएसका प्रमुख बजार व्यवस्थापक किर्तन दाहाल सहित सन्तोष श्रेष्ठको उपस्थिति थियो । 

९.७ मेगावाटको इङवा हाइड्रोपावर लिमिटेड पाँचथर जिल्लामा अवस्थित छ । गत वैशाखमा सर्वसाधारणका लागि शेयर निष्काशन गरेको हाइड्रोपावरको भौतिक प्रगति ९५ प्रतिशतभन्दा बढी भइसकेको छ । आगामी मंसिरभित्र विद्युत् उत्पादन सुरु गर्ने तयारीसहित काम भइराखेको कम्पनीले जनाएको छ । एक अर्ब ९५ करोड लगानीमा निर्माण भइरहेको अयोजनामा ग्लोबल आइएमई बैंकको प्रमुख लगानी छ । 

हाइड्रोपावरले गत वैशाखमा स्थानीय, वैदेशिक रोजगारीमा रहेका नेपाली, कम्पनीका कर्मचारी, म्युचुअल फण्ड कम्पनीहरु र सर्वसाधारणलाई कुल ३० प्रतिशत शेयर निष्काशन गरेको थियो । अहिले हाइड्रोपावरको साधारण शेयर निष्काशन तथा बाँडफाटको सबै प्रक्रिया पुरा गरी धितोपत्र बजारमा सूचिकृत भई दोस्रो बजारमा कारोबार भइराखेको छ । 

यस्तै, २५ वर्षअघि स्थापना भई विभिन्न सफ्टवेर डेभलपमेन्ट गर्दै आएको पीसीएसले अहिलेसम्म एक सय ३० भन्दा धेरै सूचीकृत कम्पनीहरुको शेयर व्यवस्थापनका लागि सफेटवेर उपलब्ध गराउँदै आएको छ ।
 

All financial information at your fingertips.


शेयर गर्नुहोस