भारत र यूएईबीच भारतीय मुद्रामा कारोबार गर्ने सम्झौता

भारत र यूएईबीच भारतीय मुद्रामा कारोबार गर्ने सम्झौता

बैंक खबर । भारत र संयुक्त अरब इमिरेट्स (यूएई)बीच दुई देशको व्यापारमा भारतीय रुपैयाँमा भुक्तानी गर्ने सम्झौता भएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले शनिबार यूएई भ्रमणको क्रममा यस्तो सम्झौता गरेका हुन् । 

भारतले डलरमाथिको निर्भरता कम गर्न विभिन्न मुलुकहरुसँग भारतीय रुपैयाँमा कारोबार गर्ने सम्झौता गर्ने क्रमलाई तिब्रता दिएको छ । एक साताअघि बंगलादेशसँग पनि व्यापारिक करोबारमा भारतीय मुद्रामा भुक्तानी गर्ने सम्झौता गरेको थियो ।

अहिले भारतले यूएईलाई अमेरिकी डलरमा भुक्तानी दिँदै आएको छ । दुई देशले रियल–टाइम भुक्तानी लिंक स्थापना गर्ने सम्झौतामा पनि हस्ताक्षर गरेका छन् । प्रधानमन्त्री मोदी एक दिने भ्रमणका लागि शनिबार यूएई गएका थिए । 
 

All financial information at your fingertips.


शेयर गर्नुहोस