मौद्रिक नीतिले बढायो शेयर बजार

मौद्रिक नीतिले बढायो शेयर बजार

शेयर खबर । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको मौद्रिक नीतिलाई शेयर बजारले स्वागत गरेको छ । मौद्रिक नीति सार्वजनिक हुनुअघि २२ अंकले बढेको बजार मौद्रिक नीति सार्वजनिक पछि ४१ अंक थपिएर ६३ अंकको वृद्धि सहित नेप्से २२ सय २७ विन्दुमा कायम भएको छ । 

मौद्रिक नीतिले शेयर कर्जाको जोखिमभार पुनरावलोकन गर्ने व्यवस्था गरेपछि बजारमा उच्च अंकले बढेको हो । शेयर लगानीकर्ताले १५० प्रतिशत रहेको जोखिम भार १०० प्रतिशतमा झार्नुपर्ने माग गर्दै आएका छन् । 

नेप्सेसँगै कारोबार रकम पनि बढेको छ । कुल ४ अर्ब ३७ करोड ५१ लाख रुपैयाँ बराबरको १ करोड २० लाख कित्ता शेयर किनबेच भएको छ । 

किसान लघुवित्त, चन्द्रागिरी हिल्स र लिबर्टी इनर्जीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । तर एनआईबिएल ग्रोथ फान्डको इकाई मूल्य नकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । 

१३ वटै उपसमूहमा वृद्धि भएको छ । जसमध्ये सबैभन्दा धेरै बैंकिङ उपसमूह ४.९८ प्रतिशतले बढेको छ । त्यसपछि विकास बैंक समूह ४.७८ प्रतिशतले बढेको छ । व्यापार समूह पनि ४.१० प्रतिशत बढेको छ । 
 

All financial information at your fingertips.


शेयर गर्नुहोस