युरोपेली केन्द्रीय बैंकले बढायो ब्याजदर

युरोपेली केन्द्रीय बैंकले बढायो ब्याजदर

बैंक खबर । युरोपेली केन्द्रीय बैङ्कले बिहीबार ब्याजदर बढाएको छ । आफ्नो ब्याज दरलाई सन् २००१ को सुरुदेखिको विन्दुमा पुर्याएको छ । फ्र्याङ्कफर्टमा मुख्यालय रहेको केन्द्रीय बैंकले ब्याजदर एक चौथाई प्रतिशत विन्दुले बढाएर ३.७५ प्रतिशत पुर्याएको छ । मुद्रास्फितिसँग जुध्न केन्द्रीय बैंकले एक वर्षयता ब्याजदर बढाउँदै आएको छ ।

युक्रेनमा रूसको आक्रमणपछि ऊर्जा र खाद्यान्नको मूल्य वृद्धि भएको र गत वर्षको जुलाईमा ईसीबीले आफ्नो पहिलो कदम चालेपछि मुख्य दरहरू ४.२५ प्रतिशत बिन्दुले बढेको छ ।

ईसीबीका अध्यक्ष क्रिस्टीन लेगार्डले गत वर्षको अन्त्यमा मुद्रास्फीति दुई अङ्कको उच्च बिन्दुबाट तल झरेको छ, मूल्य मापन अझै पनि ‘धेरै लामो समयसम्म धेरै उच्च’ रहने अपेक्षा गरिएको बताएका छन् । 

ईसीबीले मुद्रास्फीति दुई प्रतिशत विन्दुभन्दा तलै राख्ने लक्ष्य लिएपनि युरोजोनको उपभोक्ता मूल्य गत जुनमा ५.५० प्रतिशतले बढेको थियो । 
 

All financial information at your fingertips.


शेयर गर्नुहोस