नयाँ सारथी लघुवित्तको वार्षिक साधारणसभा चैत २८ गते, लाभांश पारित गर्ने

नयाँ सारथी लघुवित्तको वार्षिक साधारणसभा चैत २८ गते, लाभांश पारित गर्ने

बैंक खबर । नयाँ सारथी लघुवित्त वित्तीय संस्थाले चैत २८ गते चौधौं वार्षिक साधारणसभा डाकेको छ । २०७९ चैत ४ गते बसेको लघुवित्तको सञ्चालक समितिको ५४ औं बैठकले सो दिन काभ्रेपलाञ्चोक जिल्ला धुलिखेल स्थित होटल जुगलमा दिउँसो १ बजेका लागि साधारणसभा आह्वान गरेको हो । 

साधारणसभाले चुक्तापूँजीको १९ प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनार्थ १ प्रतिशत नगद लाभांश वितरण गर्ने सञ्चालक समितिको प्रस्ताव पारित गर्नेछ । 

यस्तै आर्थिक वर्ष २०७८/७९को वित्तीय विवरणमाथि छलफल गरी पारित गर्ने, आर्थिक वर्ष २०७९/८०का लागि लेखापरीक्षक नियुक्ती गर्ने लगायतका निर्णय पनि गर्नेछ । 

लघुवित्तले साधारणसभा प्रयोजनका लागि चैत १५ गतेदेखि २८ गतेसम्म शेयर दाखिल खारेज गर्ने कार्य बन्द रहने जनाएके छ । यसअनुसार चैत १४ गतेसम्म नेप्सेमा कारोबार भई ७ कार्यदिन भित्रमा कम्पनीको शेयर रजिष्ट्रारमा दाखिल खारेजीको लागि पेश गरेका शेयरधनीहरु मात्र साधारणसभाका लागि योग्य हुनेछन् । 
 

All banking information at your fingertips.


शेयर गर्नुहोस