कालिका लघुवित्तको साधारणसभा चैत २९ गते

कालिका लघुवित्तको साधारणसभा चैत २९ गते

बैंक खबर । कालिका लघुवित्त वित्तीय संस्था लिमिटेडले चैत २९ गते, बुधबार तेह्रौं वार्षिक साधारणसभा बोलाएको छ । पोखरा बुद्धाचोक स्थित होटल टास्क इन्टरनेशनल प्रा.लि.को सभाहलमा बिहान ९ बजेका लागि साधारणसभा बोलाइएको लघुवित्तले जनाएको छ । 

साधारणसभाले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्न घोषणा गरेको लाभांश प्रस्ताव पारित गर्नेछ । लघुवित्तको सञ्चालक समितिले चुक्ता पूँजीको १० प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनका लागि १ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । 

साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ लघुवित्तले चैत १६ गतेदेखि २९ गतेसम्म बुकक्लोज गर्ने भएको छ। यस अनुसार चैत १५ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले लघुवित्तको साधारण सभामा सहभागिता जनाउन तथा लाभांश प्राप्त गर्न सक्नेछन् ।

All banking information at your fingertips.


शेयर गर्नुहोस