एनएमबि लघुवित्तले वैशाख १५ गते साधारणसभा गर्ने

एनएमबि लघुवित्तले वैशाख १५ गते साधारणसभा गर्ने

बैंक खबर । एनएमबि लघुवित्त वित्तीय संस्था लिमिटेडले २०८० वैशाख १५ गते शुक्रबार दशौं वार्षिक साधारणसभा बोलाएको छ । लघुवित्तले पोखरा न्यूरोड स्थित सिटि स्क्वायरको सभाहलमा दिउँसो १२ बजे साधारणसभा डाकेको हो । 

साधारणसभाले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्न सञ्चालक समितिले प्रस्ताव गरेको लाभांश पारित गर्नेछ । सञ्चालक समितिले हाल कायम चुक्ता पूँजीको १० प्रतिशतका दरले बोनस शेयर र सोको कर प्रयोजनार्थ ०.५२६३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । 

साधारणसभा प्रयोजनका लागि लघुवित्तले चैत १७ गतेदेखि वैशाख १५ गतेसम्म बुकक्लोज गर्ने भएको छ। यस अनुसार चैत १६ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले साधारणसभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् । 

All banking information at your fingertips.


शेयर गर्नुहोस