आइएमई जनरल र प्रुडेन्सियल इन्स्योरेन्सबीच मर्जरसम्बन्धी अन्तिम सम्झौता

आइएमई जनरल र प्रुडेन्सियल इन्स्योरेन्सबीच मर्जरसम्बन्धी अन्तिम सम्झौता

बीमा खबर । आइएमई जनरल इन्स्योरेन्स र प्रुडेन्सियल इन्स्योरेन्सबीच मर्जरसम्बन्धी अन्तिम सम्झौता भएको छ । आइतबार दुवै कम्पनीको बैठकले मर्जरसम्बन्धमा अन्तिम सम्झौता गरेको हो । 

दुबै कम्पनीबीच बराबर शेयर स्वामित्व रहनेगरी स्वाप रेसियो निर्धारण भएको छ । 

मर्जरपश्चात बन्ने कम्पनीको चुक्ता पूँजी २ अर्ब ९२ करोड ७१ लाख रुपैयाँ पुग्नेछ । दुवै कम्पनीले आगामी विशेष साधारणसभाबाट मर्जरसम्बन्धी प्रस्ताव पारित गरेपछि एकीकृत कारोबार सुरु हुनेछ । 
 

All banking information at your fingertips.


शेयर गर्नुहोस