प्याज निर्यातमा भारतको कडाई, ४० प्रतिशत भन्सार लगायो

प्याज निर्यातमा भारतको कडाई, ४० प्रतिशत भन्सार लगायो

अर्थतन्त्र । भारतले उत्पादनमा कमी आई मूल्यवृद्धि भएपछि प्याज निर्यातमा कडाई गरेको छ । भारतको वित्त मन्त्रालयले शनिबार एक सूचना जारी गर्दै आगामी डिसेम्बरको अन्त्यसम्म ४० प्रतिशत निर्यात कर लगाइएको बताएको छ । 

भारत विश्वको सबैभन्दा ठूलो प्याज निर्यातकर्ता मुलुक हो । त्यसैले अब विश्वभर प्याजको मूल्य बढ्ने देखिएको छ । नेपालमा पनि यसको असर पर्नेछ । वित्त मन्त्रालयले निर्यात कर लगाएपछि निकासी कम हुने र आन्तरिक आपूर्तिमा सुधार भई मूल्यवृद्धि नियन्त्रण हुने दाबी गरेको छ । 
 

All financial information at your fingertips.


शेयर गर्नुहोस