मुद्रास्फीति नियन्त्रण गर्न युरोपमा बढाइयो ब्याजदर

मुद्रास्फीति नियन्त्रण गर्न युरोपमा बढाइयो ब्याजदर

बैंक खबर । युरोपियन केन्द्रीय बैंक (ईसीबी)ले बिहीबार ब्याजदर बढाएएको छ । ईसीबीले आफ्नो मूख्य ब्याजदर ०.२५ प्रतिशत विन्दुले बढाएर चार प्रतिशत पु¥याएको छ । यो ब्याजदर युरो करेन्सीको इतिहासमा सबैभन्दा उच्च हो । 

मुद्रास्फीति नियन्त्रणका लागि भन्दै ईसीबीले एक वर्षयता लगातार ब्याजदर बढाउँदै आएको छ । ईसीबीले जारी गरेको विज्ञप्तिमा यो वृद्धिले मूल्यवृद्धि नियन्त्रणमा आउने विश्वास गरिएको छ । 

युरोपमा अहिले वार्षिक मुद्रास्फीति ५.३० प्रतिशत विन्दुमा रहेको छ । इन्धनको भाउमा लगातार वृद्धि हुँदा मुद्रास्फीति दर बढ्न पुगेको हो । युरोपमा जर्मनी सबैभन्दा धेरै महँगीको चपेटामा परेको छ । रुसले युक्रेनमा आक्रमण गरेयता युरोपमा मुद्रास्फीति उच्च दरमा छ । ईसीबीले मुद्रास्फीति २ प्रतिशतमा झार्ने लक्ष्य राखेको छ । 

All financial information at your fingeritps.


शेयर गर्नुहोस