विजय लघुवित्तले चैत २८ गते दशौं वार्षिक साधारणसभा गर्ने

विजय लघुवित्तले चैत २८ गते दशौं वार्षिक साधारणसभा गर्ने

बैंक खबर । विजय लघुवित्त वित्तीय संस्थाले २०७९ चैत २८ गते दशौं वार्षिक साधारणसभा डाकेको छ । लघुवित्तले नवलपरासी गैडाकोट स्थित विजय विकास स्रोत केन्द्रमा बिहान साढे ११ बजेका लागि साधारणसभा डाकेको हो । 

साधारणसभाले सञ्चालक समितिले प्रस्ताव गरेको २० प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनका लागि १.०५२६ प्रतिशत नगद लाभांश पारित गर्नेछ । 

साधारणसभाले नयाँ सारथी लघुवित्त वित्तीय संस्थासँग गाभ्ने र गाभिने वा मर्जरमा जाने समब्न्धमा सञ्चालक समितिको तर्फबाट प्रस्तुत हुने प्रतिवेदन उपर छलफल गरी स्वीकृत गर्नेछ । यस्तै चल अचल सम्पत्ती तथा कारोवारको मूल्याङ्कनकर्ताले तयार गरेको मूल्याङ्कन प्रतिवेदन (डीडीए रिपोर्ट) समेतको आधारमा संयुक्त मर्जर समितिबाट निर्धारण गरिएको शेयर आदान प्रदान अनुपात एक शेयर बराबर एक शेयर लाई पारित गरी मर्जरलाई स्वीकृति प्रदान गर्ने लगायतका विभिन्न विषयमा छलफल गरी स्वीकृति दिनेछ । 
साधारणसभा प्रयोजनका लागि लघुवित्तले चैत १६ गतेदेखि २८ गतेसम्म शेयर दाखिला खारेज दर्ता बन्द रहने जनाएको छ । यस आधारमा चैत १५ गतेसम्म नेप्सेमा कारोबार भई प्रचलित कानून बमोजिम शेयरधनी दर्ता किताबमा कायम शेयरधनीहरुले साधारणसभामा भाग लिन पाउनेछन् । 

All banking information at your fingertips.


शेयर गर्नुहोस