मर्जरसम्बन्धी प्रस्ताव पारित गर्न आइएमई जनरल र प्रुडेन्सियल इन्स्योरेन्सले बोलाए विशेष साधारणसभा

मर्जरसम्बन्धी प्रस्ताव पारित गर्न आइएमई जनरल र प्रुडेन्सियल इन्स्योरेन्सले बोलाए विशेष साधारणसभा

बीमा खबर । आइएमई जनरल इन्स्योरेन्स र प्रुडेन्सियल इन्स्योरेन्सले २०७९ चैत २२ गते विशेष साधारणसभा बोलाएका छन् । दुई इन्स्योरेन्स मर्जरमा जाने भएपछि सो सम्बन्धी प्रस्ताव पारित गर्न एकै दिन छुट्टा छुट्टै विशेष साधारणसभा डकेका हुन । 

आइएमई जनरल इन्स्योरेन्सले काठमाडौंको लैनचौर स्थित लैनचौर बैंकेटमा र पु्रडेन्सियल इन्स्योरेन्सले बाराको सिमरा स्थित होटल इच्छामा विशेष साधारणसभा बोलाएका हुन् । 

दुवै इन्स्योरेन्सको साधारणसभाले एक आपसमा गाभ्ने गभिने सम्बन्धमा सञ्चालक समितिको तर्फबाट प्रस्तुत प्रतिवेदनमाथि छलफल गरी पारित गर्नेछन् ।  मर्जरपछि बन्ने निर्जीवन बीमा व्यवसाय गर्ने कम्पनीको नाम आइजीआई पु्रडेन्सियल इन्स्योरेन्स लिमिटेड रहनेछ । दुवै कम्पनी बराबर स्वाप रेसियोमा मर्जरमा जान लागेका लागेका हुन । 
 

विस्तृतमा हेर्नुहोस् ।


 


शेयर गर्नुहोस