नेष्डो लघुवित्तले बोलायो साधारणसभा, लाभांश पारित गर्ने

नेष्डो लघुवित्तले बोलायो साधारणसभा, लाभांश पारित गर्ने

बैंक खबर । नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्थाले लाभांश प्रस्ताव पारित गर्न चौथो साधारणसभा बोलाएको छ। लघुवित्तले असोज २६ गते पर्वतको कुश्मामा रहेको रोयल कुश्मा रिसोर्टमा साधारणसभा बोलाएको हो । साधारणसभा दिउँसो साढे १ बजेका लागि बोलाएको छ । 

सभाले हाल कायम चुक्ता पूँजीको १७.९३४२ प्रतिशत नगद लाभांश (नगद लाभांशमा लाग्ने कर प्रयोजनसहित) वितरण गर्ने सञ्चालक समितिको प्रस्ताव पारित गर्नेछ । 

साधारणसभा प्रयोजननका लागि लघुवित्तले असोज १८ गतेदेखि २६ गतेसम्म बुकक्लोज गर्ने भएको छ। असोज १७ गतेसम्म नेप्सेमा कारोबार भई कायम सेयरधनीले साधारणसभामा सहभागि हुन र लाभांश प्राप्त गर्न सक्नेछन् । 

All financial information at your fingertips.


शेयर गर्नुहोस