असोज १७ गतेदेखि ऋणपत्र निष्काशन गर्दै सिटिजन्स बैंक

असोज १७ गतेदेखि ऋणपत्र निष्काशन गर्दै सिटिजन्स बैंक

बैंक खबर । सिटिजन्स बैंकले असोज १७ गतेदेखि ऋणपत्र निष्काशन गर्ने भएको छ । बैंकले वार्षिक १० प्रतिशत ब्याज दिनेगरी १० वर्ष अवधिको ऋणपत्र निष्काशन तथा बिक्री खुला गर्न लागेको हो । ऋणपत्रको नाम ‘१० प्रतिशत सिटिजन्स बैंक डिबेन्चर २०९०’ रहेको छ । 

बैंकले प्रतिकित्ता १००० रुपैयाँ अंकित दरका ३ अर्ब रुपैयाँ बराबरको ३० लाख कित्ता ऋणपत्र निष्काशन गर्न लागेको हो । बिक्री गर्न लागेको ऋणपत्रमध्ये ६० प्रतिशत अर्थात १ अर्ब ८० करोड रुपैयाँ बराबरको १८ लाख कित्ता व्यक्तिगत तवरबाट  र ४० प्रतिशत अर्थात १ अर्ब २० करोड रुपैयाँ बराबरको १२ लाख कित्ता सर्वसाधारणमा बाँडफाँट गरिने बैंकले जनाएको छ । सर्वसाधारणमा बाँडफाँट गरिने ऋणपत्रमध्ये ५ प्रतिशत अर्थात ६० हजार कित्ता ऋणपत्र सामूहिक लगानी कोषहरुका लागि छुट्याएको छ । 

ऋणपत्र खरीदका लागि लगानीकर्ताले न्यूनतम २५ कित्तादेखि अधिकतम सम्पूर्ण कित्ताका लागि आवेदन दिन सक्नेछन् । ऋणपत्र निष्काशन बन्द छिटोमा असोज २१ गते हुनेछ भने सो अवधिसम्म माग भएजति आवेदन नपरेमा भने कात्तिक १ गतेसम्म विक्री अवधि लम्बिनेछ ।

ऋणपत्रमा आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र मेरो सेयर अनलाइन तथा एपमार्फत आवेदन दिन सकिनेछ । बैंकको ऋणपत्र तथा बिक्री प्रबन्धकमा हिमालयन क्यापिटल लिमिटेड रहेको छ । 

ऋणपत्रका लागि इक्रा नेपालले बैंकलाई इक्रा एनपी इस्यूअर त्रिपल बी प्लस रेटिङ्ग प्रदान गरेको छ । यसले समयमा वित्तीय दायित्व पूरा गर्ने सम्बन्धमा मध्यम मात्रामा सुरक्षित रहेको संकेत गर्छ । 
 

All financial information at your fingertips.


शेयर गर्नुहोस