नेपाल र चीनबीच १३ विषयमा सम्झौता

नेपाल र चीनबीच १३ विषयमा सम्झौता

अर्थतन्त्र । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचन्ड’को चीन भ्रमणको क्रममा दुई देशबीच विभिन्न १२ वटा सम्झौता र एउटा समझदारी पत्रमा हस्ताक्षर भएको छ । प्रधानमन्त्री प्रचण्ड र उनका चिनियाँ समकक्षी लि छ्याङबीच ग्रेट हल अफ दी पिपलमा भएको द्विपक्षीय वार्तापछि विभिन्न विषयमा सहमति तथा सम्झौता भएको हो । 

कृषि, सञ्चार, विज्ञान तथा प्रविधि, व्यापारसँग सम्बन्धित विषयहरुमा सम्झौता भएको हो । चीनको राष्ट्रिय विकास र सुधार आयोग र नेपालको राष्ट्रिय योजना आयोगबीच सहकार्य गर्ने, नेपालको उत्तरी पहाडी क्षेत्रमा विभिन्न वस्तुको उत्पादन र वितरणसम्बन्धी  समझदारीपत्र, चीनको राष्ट्रिय विकास तथा सुधार आयोग र नेपालको अर्थमन्त्रालयबीच डिजिटल अर्थतन्त्र बढाउन सहकार्य गर्ने लगायतका विषयमा सम्झौता भएको छ । 

यस्तै, हरित तथा न्यून कार्बन विकासका लागि सहकार्य गर्ने, कृषि, पशुपन्छी र माछापालनको विकासका लागि सहकार्य गर्ने, सन् १९८१ मा भएको चीन नेपाल व्यापार र भुक्तानी सम्झौताको समीक्षा र परिमार्जनका लागि संयुक्त प्राविधिक कार्यसमूह गठन गर्ने, नेपालबाट चीनमा औषधि उत्पादनका लागि वनस्पति निर्यात गर्ने, प्राचीन ग्रन्थ अनुवाद र प्रकाशन गर्ने, विज्ञान, प्रविधि र नवप्रवर्तनका क्षेत्रमा सहकार्य गर्ने र प्रकोप सामग्री, मानव संशाधन र हिल्सा–सिमकोट सडक परियोजनासम्बन्धी सहमतिपत्रमा हस्ताक्षर भएको हो । 
 

All financial information at your fingertips.


शेयर गर्नुहोस