समान्य अंकले घट्यो सेयरबजार

समान्य अंकले घट्यो सेयरबजार

बैंक खबर । सोमबार सेयर बजार सामान्य अंकले घटेको छ । नेप्से परिसूचक ५.८९ अंकले घटेर २००४.४५ विन्दुमा झरेको छ । दिनभर एक अर्ब ५६ करोड ५५ लाख रुपैयाँ बराबरको ६५ लाख १६ हजार ६ कित्ता सेयर किनबेच भएको छ । 

कारोबारमा आएका २३३ कम्पनीमध्ये १३० कम्पनीको सेयरमूल्य घट्दा बजार दबाबमा परेको हो । तरपनि ९३ कम्पनीका सेयरधनीले कमाएका छन भने १० कम्पनीको सेयरमूल्य स्थिर रहेको छ । 

जलविद्युत र म्युचुअल फण्ड बाहेक सबै उपसमूह घटेका छन् । लगानीकर्ताको सम्पत्ति करिब ६ अर्ब रुपैयाँले घटेको छ । बजार पुँजीकरण ३० खर्ब ३८ अर्बमा कायम भएको छ । 

तीन कम्पनीको सेयरमकारोबार सकारात्मक सर्किट लेभलमा भएको छ । बजार बन्द हुँदा माईखोला हाइड्रोपावरको सेयरमूल्य १० प्रतिशतले बढेको छ भने एशियन हाइड्रोपावर र मन्दाकीनी हाइड्रोपावरको सेयरमूल्य ९.९९ प्रतिशतले बढेको छ । 

यस्तै दुई कम्पनीको सेयरकारोबार नकारात्मक सर्किट लेभलमा भएको छ । शुभम् पावर र थ्री स्टार हाइड्रोपावरको सेयरमूल्य १० प्रतिशतले घटेको छ । 

सबैभन्दा धेरै कारोबार सन नेपाल लाइफ इन्स्योरन्सको ७ करोड ६८ लाख रुपैयाँ बराबरको भएको छ । 

All financial information at your fingertips.


शेयर गर्नुहोस