गुहेश्वरी मर्चेन्ट बैंकिङ एण्ड फाइनान्सको सीईओमा अधिकारी नियुक्त

गुहेश्वरी मर्चेन्ट बैंकिङ एण्ड फाइनान्सको सीईओमा अधिकारी नियुक्त

बैंक खबर । गुहेश्वरी मर्चेन्ट बैंकिङ एण्ड फाइनान्सको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा तोयराज अधिकारी नियुक्त भएका छन् । 
बैंकको असोज २१ गते बसेको सञ्चालक समितिको २५६औँ बैठकले अधिकारीलाई रिक्त सीईओ पदमा असोज २२ गतेदेखि लागू हुनेगरी चार वर्षका लागि नियुुक्त गरेको हो ।
यसअघि सीईओ राजेशकुमार श्रेष्ठले पदबाट राजीनामा दिएपछि सञ्चालक समितिले असोज २२ गतेदेखि नै लागू हुनेगरी राजीनामा स्वीकृत गरी अधिकारीलाई नियुक्त गरेको हो ।

All financial information at your fingertips.

 


शेयर गर्नुहोस