दोहोरो अंकले घट्यो नेप्से 

दोहोरो अंकले घट्यो नेप्से 

शेयर बजार । शेयर बजार परिसूचक नेप्से बुधबार १५.७६ अंक घटेर १९ सय ३३.२९ विन्दुमा झरेको छ । सेन्सेटिभ परिसूचक २.३० अंकले घटेर ३६३.९१ विन्दुमा झरेको छ । 

साधारण सेयरको कारोबार मापन गर्ने सूचक फ्लोट इन्डेक्स १.१३ अंकले घटेर १३५.३८ विन्दुमा झरेको छ । सेन्सेटिभ फ्लोट इन्डेक्स पनि ०.८३ अंकले घटेर १२१.१५ विन्दुमा झरेको छ । 

कारोबारमा आएकामध्ये १६६ कम्पनीको शेयरमूल्य घटेको छ भने ३९ वटाको बढेको छ । १० वटाको स्थिर रहेको छ । 
१ अर्ब ३३ करोड ३७ लाख १९ हजार रुपैयाँ बराबरको ३७ लाख ७७ हजार ४ सय कित्ता शेर किनबेच भएको छ । 

बजार घटेपनि मायाखोला हाइड्रोपावरको शेयरमूल्य सर्वाधिक ९.९८ प्रतिशतले बढेको छ । बोटलर्स नेपालको सर्वाधिक ७.६२ प्रतिशतले मूल्य घटेको छ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको सर्वाधिक ९ करोड १९ लाख रुपैयाँ बराबरको शेयर किनबेच भएको छ । 

उच्च ब्याजदर र अर्थतन्त्र माथिको दबाब कायमै रहेका कारण बजारमा लगानीकर्ताको सक्रियता घटेको देखिन्छ । यस्तै अर्थमन्त्री कस्तो व्यक्ति आउँछ भन्ने अन्यौलताका कारण बजारमा चहलपहल कम भएको लगानीकर्ताहरु बताउँछन् । 

All banking information at your fingertips.


शेयर गर्नुहोस