नेरुडे र मिर्मिरेले पाए मर्जरका लागि राष्ट्र बैंकबाट अन्तिम स्वीकृति

नेरुडे र मिर्मिरेले पाए मर्जरका लागि राष्ट्र बैंकबाट अन्तिम स्वीकृति

बैंकको खबर । नेरुडे लघुवित्त वित्तीय संस्था र मिर्मिरे लघुवित्त वित्तीय संस्थाबीच एक आपसमा गाभिन राष्ट्र बैंकले अन्तिम स्वीकृति प्रदान गरेको छ । राष्ट्र बैंकले यही कात्तिक ३ गते मर्जर सम्बन्धि अन्तिम स्वीकृति प्रदान गरेको नेरुडे लघुवित्तले जनाएको छ । 
यी दुवै लघुवित्तबीच गत पुस १२ गते मर्जरमा जाने प्रारम्भिक सम्झौता भएको थियो । दुवै कम्पनीको गत वैशाख १० गते सम्पन्न विशेष साधारणसभाले मर्जर प्रक्रियालाई स्वीकृति प्रदान गरेको थियो । 
दुवै लघुवित्त १ः१ शेयर स्वाप रेसियोमा मर्जरमा जान लागेका हुन्। मर्जरपश्चात संस्थाको नाम ‘नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेड’ रहनेछ ।

All financial information at your fingertips.


शेयर गर्नुहोस