ग्लोबल आइएमई बैंकको नाफा बढ्यो, वितरणयोग्य मुनाफा घट्यो, खराब कर्जा बढ्यो

ग्लोबल आइएमई बैंकको नाफा बढ्यो, वितरणयोग्य मुनाफा घट्यो, खराब कर्जा बढ्यो

बैंकको खबर। ग्लोबल आइएमई बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा १ अर्ब २२ करोड ५७ लाख रुपैयाँ मुनाफा कमाएको छ । यो नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ३.०४ प्रतिशत बढी हो। गत आर्थिक वर्षको पहिलो त्रैमासमा बैंकले १ अर्ब १८ करोड ९५ लाख रुपैयाँ नाफा कमाएको थियो।

इम्पेरिमेन्ट चार्ज बढेका कारण बैंकको खुद नाफामा दबाब देखिएको छ । बैंकको खुद ब्याज आम्दानी ४९.९२ प्रतिशत बढेर ४ अर्ब ८० करोड १५ लाख रुपैयाँ कायम भएको छ । गत आर्थिक वर्षको सोही अवधिमा बैंकको खुद ब्याज आम्दानी ३ अर्ब २० करोड २७ लाख रुपैयाँ थियो ।

बैंकको सञ्चालन मुनाफा ६.४२ प्रतिशत बढेर १ अर्ब ७९ करोड ८५ लाख रुपैयाँ कायम छ ।

चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ४ खर्ब ४३ अर्ब १६लाख रुपैयाँ निक्षेप संकलन गरी ३ खर्ब ५७ अर्ब ३७ करोड ३० लाख कर्जा लगानी गरेको छ । गत असारसम्म बैंकको निक्षेप ४ खर्ब २्६ अर्ब ३२ करोड ५४ लाख रुपैयाँ थियो भने कर्जा लगानी ३ खर्ब ५६ अर्ब ३९ करोड ४७ लाख रुपैयाँ थियो ।

खुद नाफा बढेपनि बैंकको प्रतिसेयर आम्दानी घटेको छ । गत आर्थिक वर्षको पहिलो त्रैमासको तुलनामा बैंकको प्रतिसेयर आम्दानी ६ रुपैयाँ २९ पैसाले घटेर १३ रुपैयाँ ७१ पैसामा झरेको छ । बैंकको मूल्य आम्दानी अनुपात १४.७४ गुणा छ भने प्रतिसेयर नेटवर्थ १६८ रुपैयाँ ३० पैसा छ। बैंकको खराब कर्जा २.१० प्रतिशतबाट बढेर ४.३८ प्रतिशत पुुगेको छ ।

३५ अर्ब ७७ करोड १० लाख रुपैयाँ चुक्ता पूँजी रहेको बैंकको जगेडा कोषमा २१ अर्ब १० करोड ६७ लाख रुपैयाँ सञ्चित छ।  
बैंकको वितरणयोग्य मुनाफा गत वर्षभन्दा घटेको छ । पहिलो त्रैमासमा बैंकको वितरणयोग्य मुनाफा ३ अर्ब ३२ करोड ३३ लाख रुपैयाँ छ । गत आर्थिक वर्षको पहिलो त्रैमासमा बैंकको वितरणयोग्य मुनाफा ३ अर्ब ४५ करोड ९० लाख रुपैयाँ थियो ।

All financial information at your fingertips.


शेयर गर्नुहोस