सानिमा र रिलायन्स लाइफबीच एकीकृत कारोबार सुरु

सानिमा र रिलायन्स लाइफबीच एकीकृत कारोबार सुरु

बीमा खबर । सानिमा लाइफ र रिलायन्स लाइफ इन्स्योरेन्सले आज (चैत ९ गते) देखि एकिकृत कारोबार सुरु गरेका छन् । मर्जर सम्बन्धी सम्पूर्ण प्रक्रिया पुरा गरी दुई कम्पनीले आजदेखि सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सको नामबाट एकीकृत कारोबार सुरु गरेका हुन् । 

बीमा प्राधिकरणले यि दुई कम्पनीलाई मर्जरमा जान फागुन १८ गते अन्तिम स्वीकृति दिएको थियो । यस्तै कम्पनी रजिष्ट्रारको कार्यालयले पनि फागुन २९ गते मर्जर हुने अन्तिम दिनसम्म कायम रहने सम्पूर्ण सम्पत्ति र दायित्वहरु नयाँ बन्ने कम्पनीले सकार्नेगरी स्वीकृति दिएको थियो । 

दुई कम्पनीबीच एक बराबर एकको अनुपातमा मर्जर भएपछि बनेको कम्पनीको चुक्तापूँजी ४ अर्ब १८ करोड ४० लाख रुपैयाँ पुगेको छ । नयाँ कम्पनीको जगेडा कोषमा ७७ अर्ब ५४ करोड, जीवन बीमा कोषमा ८ अर्ब ३४ करोड र शेयरधनी कोषमा ४ अर्ब ९६ करोड रुपैयाँ रहेको छ । 

All financial information at your fingertips.


शेयर गर्नुहोस