बिवाइडीको विद्युतीय गाडी किन्न प्रभु बैंकबाट ऋण पाइने 

बिवाइडीको विद्युतीय गाडी किन्न प्रभु बैंकबाट ऋण पाइने 

बैंक खबर । प्रभु बैंकले विद्युतीय गाडी बिवाइडी किन्न सहुलियत दरको ऋण दिने भएको छ । बैंक र बिवाइडी अटो इन्डष्ट्रिज कम्पनीको नेपाली बिक्रेता साइमेक्स इंक प्रालिसँग सहज फाइनान्सिङका लागि सम्झौता भएको छ । 

कम्पनीले जारी गरेको विज्ञप्तीमा सम्झौतापछि बिवाइडी ब्राण्डका सवारीसाधन खरिद गर्न सहज हुने उल्लेख छ । 
पाँच वर्षका लागि उपलब्ध हुने यस्तो ऋणमा बैंकले गाडीको मूल्यको ८० प्रतिशतसम्म ऋण दिनेछ । यस्तो ऋण बैंकका देशभरका शाखाबाट उपलब्ध हुनेछ । 

६४ लाख ९० हजार रुपैयाँ मूल्य रहेको बिवाइडी एट्टो थ्री किन्दा १२ लाख ९८ हजार डाउनपेमेन्ट गरे पुग्नेछ । ५९ लाख रुपैयाँ मूल्य रहेको न्यू इसिक्सको लागि ११ लाख ८० हजार डाउनपेमेन्ट गरे पुग्छ । 
 

All financial information at your fingertips.


शेयर गर्नुहोस