सपोर्ट लघुवित्तको १३ प्रतिशत बोनस सेयर घोषणा

सपोर्ट लघुवित्तको १३ प्रतिशत बोनस सेयर घोषणा

बैंक खबर । सपोर्ट लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको नाफाबाट लाभांश घोषणा गरेको छ। कात्तिक २१ गते बसेको लघुवित्तको सञ्चालक समितिको बैठकले कुल १३.६८४२ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

प्रस्तावित लाभांशमध्ये चुक्ता पूँजीको १३ प्रतिशत बोनस सेयर र सोको कर प्रयोजनार्थ ०.६८४२ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको छ । 

सो लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारणसभाले पारित गरेपछि सेयरधनीले पाउनेछन् । 

All financial information at your fingertips.


शेयर गर्नुहोस