निर्जीवन बीमा कम्पनीले संकलन गरे १० अर्ब ४४ करोड बीमा शुल्क

निर्जीवन बीमा कम्पनीले संकलन गरे १० अर्ब ४४ करोड बीमा शुल्क

बीमा खबर । चालू आर्थिक वर्ष २०८०/८१ को पहिलो त्रैमासमा निर्जीवन बीमा कम्पनीहरुले कुल १० अर्बमाथि बीमा शुल्क आर्जन गरेका छन् । बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्याङक अनुसार निर्जीवन बीमा कम्पनीहरुmले ६ लाख ८१ हजार ४ सय ६४ वटा बीमा पोलिसी बिक्री गरी १० अर्ब ४४ करोड ५५ लाख रुपैयाँ बीमा शुल्क संकलन गरेका हुन् ।

सबैभन्दा धेरै सगरमाथा लुम्बिनी इन्स्योरेन्सले १ अर्ब ३१ करोड ७६ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ । लुम्बिनीपछि दोस्रोमा सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले १ अर्ब ६ करोड ५५ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ ।

शिखर इन्स्योरेन्सले १ अर्ब ४ करोड १२ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ । यसैगरी, हिमालयन एभरेष्ट इन्स्योरेन्सले ९४ करोड ८३ लाख रुपैयाँ,  आइजिआइ प्रुडेन्सियल इन्स्योरेन्सले ८६ करोड १५ लाख रुपैयाँ, नेको इन्स्योरेन्स कम्पनीले ८४ करोड ३ लाख रुपैयाँ, यूनाइटेड अजोड इन्स्योरेन्सले ७० करोड १८ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेका छन् । 

एनएलजी इन्स्योरेन्स कम्पनीले ६७ करोड ५५ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ । सानिमा जिआइसी इन्स्योरेन्सले ५९ करोड ५४ लाख रुपैयाँ, प्रभु इन्स्योरेन्सले ५६ करोड ५८ लाख रुपैयाँ, राष्ट्रिय बीमा कम्पनीले ५५ करोड ४८ लाख रुपैयाँ, ओरिएण्टल इन्स्योरेन्सले ५२ करोड ५९ लाख रुपैयाँ, नेपाल इन्स्योरेन्स कम्पनीले ३७ करोड ५२ लाख रुपैयाँ र नेशनल इन्स्योरेन्सले ३७ करोड २० लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेका छन् । 

All financial information at your fingertips.


शेयर गर्नुहोस